९ असोज । ललितपुरका व्यावसायीहरुलाई प्रशासनले एक एक लाख जरिवाना तिराएको छ ।
आइतबारको अनुगमनमा भाटभटेनी सुपर मार्केटलाई खाद्यान्न सुरक्षामा मापदण्ड नपुगेको देखिएपछि एक लाख रुपैयाँ जरिवाना गरिएको थियो । त्यस्तै सेलवेज डिमार्टमेन्ट स्टोरलाई पनि एक लाख जरिवाना गरिएको छ ।
कार्यालयले मेगामार्ट मान भवनलाई पनि एक लाख जरिवाना गरिएको छ । प्रशासनले सोमवार थप चार वटा पसललाई जरिवाना गरिएको जानकारी दिएको छ ।
दशैं तिहार, छठलगायतका पर्वहरुमा व्यावसायीहरुले जिल्ला प्रशासन कार्यालय ललितपुरले विभिन्न डिपार्टमेन्ट स्टोर, फार्मेसी तथा अन्य पसलहरूमा अनुगमन थालेको हो ।
गुणस्तरहीन सामान विक्री वितरण गरेको तथा होटल तथा रेष्टुरेन्ट र खाजाहरूले न्यूनतम सरसफाइलगायत मापदण्ड पालना गरे नगरेकोबारे अनुगमन थालेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारको संयोजकत्वमा प्रहरी र घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवालाहरूको सहभागितामा अनुगमन थालिएको हो ।
यो अनुगमन चाडबाड लक्षित नभएर वार्षिक क्यालेन्डर नै बनाएर थालिएको सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताए । अनुगमनका क्रममा मापदण्ड पालना नगर्नेहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिएको समेत उनले जानकारी दिए ।
प्रतिक्रिया