१६ असोज । गोदावरी नगरभित्र १० वटा सहकारी संस्था फेला नपरेपछि खोजी सुरु भएको छ ।
नगरपालिका भित्रका ठैबमा रहको २ वटा, टाहाखेल र बडिखेलको एक एक वटा र गोदावरीको ५ वटा सहकारी नगरपालिकाले नभेटेपछि सूचना प्रकाशित गरेर सम्पर्कमा आउन आग्रह गरेको हो ।
फेला नपरेका सहकारीहरुमा गोदावरीको उपकार, अनुग्रह,हाइसोर र नमूना महिला बचत तथा ऋण सहकारी र फूलचोकी पर्यटन सहकारी, बडिखेलको फलदायी कृषि सहकारी संस्था,टिकाभैरवको टिकाभैरवको टिकाभैरव दुग्ध उत्पादक सहकारी,टाहाखेलको भूगोल कृषि र ठैवको मुनाल र रशा बचत तथा ऋण सहकारी रहेका छन् ।
हरेक आर्थिक बर्षको पौष मसान्तभित्र बार्षिक साधारण सभा सम्पन्न गरि १५ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेमा ती सहकारीले ५ बर्ष भित्र कुनै विवरण बुझाएका छैनन् ।
नगरपालिकाको सहकारी शाखाले पत्रचार र वडामार्फत सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि ३५ दिने सूचना प्रकाशित गरिएको हो । ३५ दिनभित्र पनि सम्पर्कमा नआए ती सहकारी खारेजीमा पर्ने भएका हुन् ।








प्रतिक्रिया