१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र‘वानर सेना’ प्रदर्शनमा



काठमाडौँ
१९ असोज । नेपाली चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शन गरिएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने सिलसिलामै प्रदर्शन भएको चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण देखाइएको निर्देशक अर्पण गिरीले जानकारी दिएका छन् । उनले पहिलो निर्देशकीय चलचित्रमा पौराणिक सन्दर्भलाई समेत जोडिएको बताए ।

उनले भने, “हाम्रो विषयवस्तुअनुसार नै हामीले यो समयमा चलचित्र प्रदर्शन गरेका छौँ । मेरो पहिलो निर्देशकीय चलचित्र भएकाले पनि सक्दो मेहनत गरेको छु । चलचित्र भवनसम्म पुग्ने दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने हाम्रो उद्देश्य हो ।”

चलचित्रमा उनीसँगै आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक गिरीले नै लेखेको चलचित्रमा विनोद सापकोटाले छायांकन, जोन तामाङले सङ्गीत, प्रवीन ढकालले रङ्ग संयोजन, नारायण रिजालले नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीले द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र बन्दे प्रसादले सम्पादन गरेका छन् । युवराज गिरीले निर्माण गरेको चलचित्रको वितरण काठमाडौँमा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) र एफडी कम्पनीले गरेको छ ।
सहोम रिचार्ज गरेको र लक्कि ड्रमा छनोट भएको सूचना पाएपछि आफूलाइ खुसी लागेको बताए ।
तामाङ डिसहोमको सेलिब्रेटि जीवनशैली अन्तर्गत डिसहोमको सुपरस्टार बनेका हुन । चापागाउ शिवानी इलेक्ट्रोनिक्स डिलर दाइ गोकर्ण गौतमले चापागाकै बुक बहादुरले आफूसंग रिचार्ज गरेको र लक्कि ड्मा सुपरस्टार बन्दै टन्न क्यास मिडियामा फेमस अफर अन्तरग नगद एक लाख जितेको जानकारी दिए ।
डिस मिडिया नेट्वर्क प्रालिले सातामा एक जना सुपरस्टारलाइ लक्कि ड्रमार्फत नगद एक लाख र सिजनकै मेगा स्टारलाइ दस लाख वितरण गर्दै आएको छ ।
यस साताको लक्कि ड्रमा चापागाउका बुकबहादुर तामाङ परेका हुन । उनलाई डिसहोमका प्रतिनिधिले नगद हस्तान्तरण गरे । उदयपुर गाइघाट घर भएका तामाङ ललितपुरको ढोलाहिटि बस्दै आएका छन । शिवानी इलेक्ट्रोनिक्स डिलर दाइ गोकर्ण गौतमले डिसहोम सुपरस्टार डिलर दाइ अन्तरगत नगर दस हजार प्राप्त गरे ।

 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : २२ बजे