१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर उद्योग बाणिज्य संघमा विश्वराज बज्राचार्य विजयी



ललितखबर
२० असोज । ललितपुर उद्योग बाणिज्य संघमा विश्वराज बज्रचार्य विजयी भएका छन् ।
आइतबार अबेर सम्पन्न मत गणना अनुसार बज्राचार्यले १ सय १३ मत धेरै ६ सय ५५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिश्पर्धी रुपकमान महर्जनले ५ सय ४२ मत पाए । अध्यक्षमा विना प्यानल उम्मेदवारी दिएका रविन्द्ररज ताम्राकारले २ सय २८ मत पाए ।
संघको बरिष्ठ उपाध्यक्षमा सुसन महर्जन ७४८ मतले विजयी हुँदा उनका निकटम प्रतिश्पर्धी विरेन्द्रलाल श्रेष्ठले ६ सय ४४ मत पाए ।
उद्योग तर्फका उपाध्यक्ष आपुलाल अवाले ७ सय २८ मतले विजयी हुँदा उनका निकटम प्रतिश्पर्धी सुरज बज्रचार्यले ६ सय ५१ मत पाए ।
बाणिज्यतर्फ उपाध्यक्ष सुनिल शाक्य ७ सय७४ मत ल्याएर वियी हुँदा उनका निकटम प्रतिपर्धी राकेशभक्त मुल्मीको मत ६ सय १० रहेको छ । संस्थागत उपाध्यक्षमा रमेश सिंह महर्जन विजयी भए । उनको मत ७ सय ३० रहेको छ भने निकटम प्रतिश्पर्धी मुकुन्द महर्जनको ६ सय ४२ कत पाए ।
महासचिवमा भुमिनन्दन कर्माचार्यले ८६० मत पाएर विजयी भए उनका प्रतिश्पर्धीको महेश श्रेष्ठको ५ सय ३० मत रहेको छ ।
कोषाध्यक्षमा राजु महर्जनले ७ सय १९ मत पाएर विजयी हुँदा उनका प्रतिश्पर्धी मिलन शाक्यले ६ सय ७६ मत पाए ।
कार्यसमिती सदस्यहरुमा अनिल महर्जन,गुणकेशरी ताम्राकार,प्रविण ताम्रकार, प्रविण बज्राचार्य,सजना श्रेष्ठ,सुदिक्षा डंगोल,प्रमशराज बज्राचार्य,प्रशम राज बज्राचार्य,बिक्रम बज्राचार्य,महेश्वरलालखोशी, राकेशराज बज्राचार्य र विमला शाक्य,उर्मिला श्रेष्ठ जोशी,सुजन बज्राचार्य,पूर्णबहादुर महर्जन र

एशोसियट तर्फबाट कार्यसमिती सदस्यमा रवि महर्जन निर्विरोध निर्वाचित भएका छन् ।
बन्दसत्रपछि नयाँ नेतृत्व चुन्न विहान ८ बजेदेखि ३ बजेसम्म स्टाफ कलेज जावलाखेलमा मतदान भएको थियो । साँझ ६ बजेबाट मत गणना भएर मध्यरातको १२ बजे नतिजा घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : २५ बजे