१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


स्वयम्भू बिजेश्चरीको एक गेष्ट हाउसमा पुरुष मृत फेला



२१ असोज । काठमाडौंको स्वयम्भू बिजेश्चरीको एक गेष्ट हाउसमा दुजबहादुर पैजा नाम रहेका पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ स्वयम्भू बिजेश्चरीस्थित स्तुपा भ्यु इन गेष्टमा पोखरा घर, वर्ष ५२, नाम दुजबहादुर पैजा बताई गत भदौ २९ गतेदेखि बस्दै आएका हाल एकीन नाम, थर, वतन नखुलेका व्यक्ति शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ३ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।