२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विश्व कृतिमानी साहित्यकार महर्जनको ’’जि खोपय् च्वम्हँ हिरो’’ म्युजिक भिडियो सार्वजनिक



 

२३ असोज । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को रचनामा नेपाल भाषामा तयार भएको ’’जि खोपय् च्वम्हँ हिरो’’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्गी र सुरज श्रेष्ठको मुख्य अभिनय रहेको छ भने उक्त भिडियोको कथा अनुसार चलचित्रमा झैं बाबु तामाङलाई खलनायकको भूमिकामा देखिन्छन् । निर्देशक राजेश मान सिंहका अनुसार बिहानदेखि बेलुकीसम्म मेहनत गरेर पाँच दिनसम्म सुटिङ गरिएको थियोे ।

गायक सुर्यकमल राई र दिलु श्रेष्ठको स्वरमा सजिएको नेवारी गीतमा संगीतकार तथा गायक सुर्यकमल राईको मिठो संगीत रहेको छ ।
म्युजिक भिडियोभन्दा फरक शैलीमा नायक÷नायिकालाई मात्र समावेश नगरी छुट्टै कथा समेटिएर चलचित्रमा झैं खलनायकको पनि भूमिका रहेको छ । भिडियोमा गीत÷संगीतको साथै चलचित्रमा जस्तो कथावस्तु छ । म्युजिक भिडियो हेर्दा नेवारी बुझ्ने नबुझ्ने सबैले छुट्टै आनन्द लिन सकिने छ ।
गीतमा फाइट निर्देशन सुरज श्रेष्ठ (एक्सन फाइट), सहायक फाइट सहनिर्देशन भने बाबु तामाङ÷दोर्जे लामा÷जीवन कार्कीद्वारा गरिएको छ । छायांकन र सम्पादन सोहन मानन्धर स्टिल रहेको अनि फोटो ग्राफी विक्रम खड्गी रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  २ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।