१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नेपाली लेखक सङ्घ ललितपुरको अध्यक्षमा रामसुन्दर केसी सर्वसम्मत



ललितपुर गोदावरी
२७ असोज । नेपाली लेखक सङ्घ ललितपुरमा सर्वसहमत रुपमा लेखक तथा साहित्यकार रामसुन्दर केसी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
सङ्घको पहिलो जिल्ला अधिवेशनले उपाध्यक्षमा अर्चना झा चयन भएकी छिन् । ११ सदस्य कार्यसमितिका सचिबमा कृष्ण पौडेल सहसचिवमा, अनुप पौडेल चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा राजकुमार थापा चयन भएको छन् ।सदस्यहरुमा बुद्धराम थिङ्ग, पवित्रा अधिकारी, कमल प्रसाद तिमिल्सिना, मनोहर गौतम, श्रीराम पौडेल र उषा केसी चयन भएका छन् ।

नेपाली कांग्रेस निकट नेपाली लेखक सङ्घको प्रथम अधिवेशनमा नेपाली कांग्रेस पार्टीका महामन्त्री माननीय विश्वप्रकाश शर्मा, वरिष्ठ साहित्यकार डा. तुल्सी भट्टराई, मदनपुरस्कार विजेता डा. नवराज लम्साल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा साहित्यकार एवं लेखकहरूले गीत, गजल, कथा तथा कविता वाचन गरेका थिए ।
महामन्त्रीले लेखकले लेख्दा निराश हैन जहिले पनि विश्वास र आशालाई जगाएर लेख्न आग्रह गरे ।
उनले भने, ’नेपाली कांङ्ग्रेसको वैधानिक शुभेच्छुक संस्था हैन लेखकले जहिलेपनि स्वतन्त्रपूर्वक हिजो, आज र भोलिको कुराको समीक्षा गरेर कलम चलाउनु पर्छ जुन कि युग–युगसम्म मानिसको मन मष्तिकमा रहन्छ ।’

 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ३ : ५७ बजे