ललितखबर
२९ असोज । ललितपुरको ठेचोबाट गोदावरी हाटबजार शुभारम्भ भएको छ ।
आइतबार साँझ गोदावरी नगरपालिका १२ मा शुभारम्भ गरिएको हाट बजारमा १ सयभन्दा धेरै व्यापारीले स्टल राख्न आएको गोदावरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष जगन्नाथ महर्जनले ललितखबरसँग बताए । उनले भने, ‘विहानसम्म थोरै व्यापारीहरुले चासो देखाएका थिए । दिउँसो धेरै स्टल थपिए ।’
हाट बजारमा उपभोक्ताको भीड देखिन्थ्यो । रातीसम्मै किनमेल गर्ने स्थानीयहरु ठेचो पुगेका थिए ।
गोदावरी वडा नंं १२ को आर्थिक सहयोगमा संघले मेला आयोजना गरेको हो । निवर्तमान अध्यक्ष महर्जनले मेला ठैव, बाँडेगाँउ र बडिखेलमा पनि सञ्चालन गरिने बताए ।
साँझपख हाट बजार सञ्चालनमा आउने भएकाले कामकाजी स्थानीयलाई हाटबजार उपयोगी देखिएको छ ।
मेलामा स्थानीय उत्पादनहरु राखिएको थियो । गोदावरी १२ का वडाध्यक्ष जगतबहादुर महर्जनले आफूले ठेचोमा यसरी उत्साहजनक रुपमा हाट बजार सञ्चालन हुने विस्वास नगरेको बताए । उनले भने, ‘हामी हरेक हप्ता चाही व्यवस्थापन गर्न सक्दैनौं होला । महिनाको एक दिन चाही हाट बजार चलाउछौं ।’
२९ आश्विन २०८०, सोमबार
366
Shares
प्रतिक्रिया