५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने



काठमाडौँ
१ कात्तिक । एल साल्भाडोरमा आगामी नोभेम्बर १८ मा हुने मिस युनिभर्समा नेपालका तर्फबाट जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाक सहित शान्तिको सन्देश दिने भएकी छिन् ।
मिस युनिभर्सको विश्वव्यापी प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै उनले राष्ट्रिय पोशाक सहित विश्व शान्तिको कामना पनि गर्ने उमङ्ग क्रियसनले आज आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो ।
विभिन्न देशकाबीच युद्ध भइरहेका बेला शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्न लागेकी आयोजक संस्थाका निर्देशक उद्धव अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ५ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।