३ कात्तिक । दुई चलचित्र ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटीटी प्ल्याटफर्म ‘भिडिओपसल’मा रिलिज भएको छ। नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो। उक्त दुई चलचित्र अहिलेको लागि नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ।
सबै स्मार्ट डिभाइसमा भिडिओपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ। भिडिओ पसलमा २.९९ डलरदेखि ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई द्धप गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ। उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ।
यता कलाकार तथा निर्माता समेत रहेका दिपकराज गिरी र दिपाश्री निरौला पनि चलचित्र छक्का पन्जा ४ हेर्न दर्शक निकै नै आतुर रहेको बताउछ्न्। हरेक दिन जसो चलचित्रको डिजिटल रिलिजबारे प्रश्न आउने हुँदा अब भने दर्शकले घरमा नै परिवारसँग बसेर चलचित्रको मज्जा लिन सक्ने हुँदा खुसी व्यक्त गर्दछन्।
हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ४’ मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।
प्रतिक्रिया