५ कात्तिक । राजधानी काठमाडौं वरपर भुकम्पको ठूलो झड्का गएको छ ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ७ बजेर ३९ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भुकम्प धादिङ केन्द्रविन्दु रहेको केन्द्रको भनाई छ ।
भुकम्पको झड्का राजधानी काठमाडौं, भक्तपुर, ललितपुरलगायत धादिङ, सिन्धुपाल्चोक, मकवानपुर,देखि गोरखा, नुवाकोट, मकवानपुर, चितवनसम्म महसुस गरिएको थियो ।
भूकम्पले क्षति पु¥याएको क्षतिबारे अहिलेसम्म कुनै अप्रिय समाचार प्रकाशन मा आएको छैन । २०७२ सालको महाभुकम्पपछि निरन्तर रुपमा हजारौंको संख्यामा पराकम्प गइरहेको छ ।








प्रतिक्रिया