१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक



काठमाडौँ
५ कात्तिक । लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ आज सार्वजनिक भएको छ ।
डा खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, सङ्गीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् ।

मुनलाइट इन्टरनेसनल मिडिया प्रालिले निर्माण गरेको यस म्युजिक भिडियोमा श्याम ढकालको निर्देशन रहेको छ ।

नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् ।
म्युजिक भिडियोमा उदीयमान कलाकार सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ३ : ४४ बजे