१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा नयाँ पार्टीको पुरानै पारा



ललितखबर
१२ कात्तिक । गोदावरीमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले भेला आयोजना ग¥यो । भेलामा पार्टी सभापति रवि लामिछाने समेत सहभागी भए । कार्यक्रम ११ बजे भन्दै निम्ता गरिएको थियो ।
तर कार्यक्रम १ बजे पनि सुरु भएन । करिव सवा १ बजे रवि लामिछाने चापागाँउको टाहाखेल आइपुगे । पुरानै पारामा नेवारी संस्कृतीको पर्याय धिमेबाजा बजाएर महिलाहरु दुई सय मिटर टाढासम्म पुगे ।
कार्यकर्ताहरु भेला भए ठूला नेतालाई झैं गलाभरि माला लगाइदिए । अनि नारा लगाए,‘रवि दाई हाई हाई ।’ चिच्चाए, ‘जय घण्टी ।’ उता सासंद डा. तोसिमा र विराजभक्त श्रेष्ठलगायत नेता नेतृहरु पनि ढिलै आए । माला लगाए ।
कार्यक्रममा उसै गरी व्याच लगाइयो । दर्शकदिर्घा र नेताहरु बस्ने ठाँउ छुट्याइयो । सहिदप्रति श्रद्धाञ्जली, स्वागत भाषण र दियोमा बत्ती बालेर उद्घाटन गरेर कर्मकाण्डी अनुष्ठान सुरु गरियो ।
सासंद विराजभक्त श्रेष्ठले चर्को भाषण गरे । अलि ढिलो भएको भन्दै विचैमा कार्यक्रम छोडेर गए । सभापति रवि लामिछानेले पुराना पार्टी काँग्रेस एमालेलाई मज्जाले गाली गरे अनि सानेपामा आयोजित चियापान कार्यक्रममा गए । सभापति शेरबहादुर देउवालगायतसँग हात मिलाएर समोसा र मिठाई खाए ।
कार्यक्रममा युट्युवरको भीड थियो । सञ्चारमाध्यमबाट आएर पत्रकार र फोटोपत्रकार बस्ने ठाँउ कार्यकर्ताले ओगटेका थिए । तस्विर खिच्न र भिडियो लिने ठाँउ छुट्याइएको थिएन । दर्शकलाई छेकियो भनेर चिच्याएको सुनिन्थ्यो ।
कार्यक्रममा नयाँ भने बृद्धहरुलाई मला लगाएर सोफामा राखिएको थियो । स्टेजमा हस्तकलाको प्रर्दशनी थियो । तल स्टेज बनाएर नेताहरु लामा लागेर बसेका थिए ।
भेला हेर्न सबै पार्टीका मान्छे आएका थिए । खचखच भीड थियो बस्ने ठाँउ थिएन । पार्टीका ठूलाठालु नेता मेचमा बसेका थिए । पाहुना उभिएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ५ : २१ बजे