१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चुनावपछि जनताको मुद्दा विर्सदै सासंद डा. तोसिमा



ललितखबर
११ कात्तिक । निर्वाचनको बेला भोट माग्न जाँदा ललितपुर ३ की सासंद डा.तोसिमा आफू जनताको घर दैलोमा पटक पटक आउने बाचा गर्दै हिडिन् । उनले जनताको समस्याासंग जुध्ने बाचा पनि गरिन् ।
सासंद जित्ने वित्तिकै उनले भैसेपाटी सडक मर्मतको पहल गरेकी थिइन् । मन्त्रीदेखि ठेकेदारसम्म भेटेर निरन्तर दबाब दिएपछि केही समयमै सडक पनि बन्यो तर सासंद डा.तोसिमाले अरु विकास प्रयासमा चासो नदिएको ललितपुरबासीले गुनासो गर्न थालेका छन् ।
नेकपा माओवादीकी प्रभावशाली नेता तथा २०७४ सालपछिकी सासंद पम्फा भुसाललाई अत्याधिक मतले पछि पारेर निर्वाचित भएकी सासंद डा. कार्कीको सुरुपातीको कामको चौतर्फी प्रशंसा भएको थियो । उनले ललितपुरका विकाश प्रयासमा आउँदो पाँच बर्षमा योगदान दिने धेरैले अकलन पनि गरेका थिए ।
हुन त सासंद डा. कार्कीले ललितपुरका विकासको अवस्थाको बारेमा संसदमा एक दुई पल्ट बोलेकी पनि छिन् । तर नयाँ राजनीतिक कोर्स पुरा गर्छु भन्दै जनतासँग बाचा गर्नेले संसदमा बोलेर झारो टार्नु नहुने यहाँका जनता बताउछन् ।
२०७९ मंसिरमा निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ बाट संघीय सासंदमा विजयी भएर स्वास्थ्यमन्त्री पनि बनिन् । त्यसपछि उनी ललितपुरका जनताका मुद्दाबाट विस्तारै ओझेल पर्न थालिन् ।
डा. तोसिमाले ललितपुरका जनताको भीडमा पुग्दा यहाँका समस्याको बारेमा चुइक्क बोल्दिनन् । शनिबार गोदावरी नगरपालिकाको पार्टी भेलामा सहभागी सासंद डा. कार्कीले ललितपुरको जनताको ऐजण्डा उठाइनन् । उनले स्वास्थ्य शिक्षा र भष्टाचारको बारेमा बोलिन् । देशको समस्याको बारेमा बोलिन् । तर आफूले भोट दिएर भूमिका दिने जनताका समस्याबारे मुख खोनिन् ।
उनकै क्षेत्रमा पर्ने ललितपुरको महानगरका भित्री सडक अझैं जीर्ण छन् । दक्षिणी भेगबाट आउने ढोलाहिटी चापागाँउ सडक, धापाखेल सडक,टौखेल हरिसिद्धि सडक र नख्खु करिडोर विस्तार हुन सकेको छैन । यहाँ खानेपानीको चरम अभाव छ । शहरका नदि फोहोर छन् । सडकमा अत्याधिक ट्राफिक जाम छ । यस्ता आम समस्या समाधानका लागि दबाब र समन्वय गर्नुको साटो सांसद डा. कार्की पार्टीको काममा नै व्यस्त हुने, देशभर दौडाहा रहने भन्दै आलोचना हुने गरेको हो ।

सासंद डा. कार्कीले भने ललितखबरसँग आफू ललितपुरमा चाडै स्वास्थ्य विमा लागू गराउने तरखरमा रहेको बताउछिन् । आफूले चुनिखेल फर्सिडोल सडकको मुआव्जा विनाद मिलाएको, ठेचोमा खानेपानी समस्या समाधान गरिरहेको बताउछिन् ।
भन्छिन्, ‘हामीसँग बजेट छैन । मेयर, वडाध्यक्षलाई भन्ने हो ।’
सांसद डा. कार्की पार्टीको संगठन विस्तार गर्न देशभर जानु परेकोले जनताको काम राम्रोसँग गर्न नसकेको स्वीकार गरिन् । भनिन्, ‘ललितपुरमा आफूले भोलि जिते पनि नजिते पनि हाम्रो पार्टी बन्नु प¥यो ।’

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ३ : २६ बजे