१६ कात्तिक । चलचित्र विकास बोर्डले आफैं फिल्म निर्माण गर्ने भएको छ । यसका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको र बोर्डले पेश गरेको फिल्म निर्माणसम्बन्धी कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।
फिल्म निर्माणमा निजी क्षेत्रसँग पनि सहकार्य गर्न सकिने योजना रहेको उनले बताए ।
राष्ट्रियता, संस्कृति, कला, गौरव र मौलिकता दर्शाउने कथावस्तुमा फिल्म बनाउने बुढाथोकीले जानकारी दिए । बजेट पास भइसकेर पनि यो प्रक्रिया धेरै अघि बढेको बुढाथोकीले बताए । विनियोजित ७५ लाख रुपैयाँमा पनि अतिरिक्त बजेट थप हुन सक्ने उनले बताए ।
प्रतिक्रिया