१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउ टाहाखेलमा मोटरसाइकलको गम्भिर दुर्घटना, दुई जनाको मृत्यु



ललितपुर
२८ कात्तिक । ललितपुरको चापागाँउ टाहाखेलमा भएको मोटरसाइकलको गम्भिर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ गोदावरी नगरपालिका १० टाहाखेल नवप्रभात डेरी नजिकै पिपलको रुखमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका करिब २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझीको मृत्यु भएको हो ।
साँझ ६ बजेर ४० मिनेट जाँदा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा भएको थियो

सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुवैलाई पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो । उनीहरुको यहाँ डाक्टरले मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ४ : ४६ बजे