११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चलचित्र ‘दिमाग खराव’ निर्मातालाई ५० प्रतिशत नदिए हलमा नचल्ने



ललितखबर
२९ कात्तिक । चलचित्र दिमाग खराब हलमा प्रर्दशन गर्दा टिकटको ५० प्रतिशत रकम नदिए नचल्ने भएको छ ।
बुधबार विज्ञप्ती प्रकाशन गरेर चलचित्र निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्छल बस्नेतले अन्यायपूर्ण व्यावहार जारी रहे प्रतिवाद गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
उनीहरुले चलचित्र प्रर्दशन भएको पहिलो र दोश्रो हप्ता निर्माताले टिकट बिक्रि रकमको ५० प्रतिशत पाउने तर तेश्रो हप्ताबाट ३५ प्रतिशत मात्रै पाउने उल्येख गर्दै अन्यायपूर्ण व्यावहार भएको भन्दै सच्याउन माग गरेको हो ।
विज्ञप्तीमा विदेशी चलचित्रहरुलाई विना कुनै तर्क प्रशस्त शो दिने र नेपाली चलचित्रहरुलाई कम शो दिने गरेको गुनासो गरिएको छ । उनीहरुले बराबरी बराबरी शो र ५० प्रतिशत टिकट रकम माग दावी गरेका छन् ।
विज्ञप्तीमा निर्माता र निर्देशकले आमदर्शकहरुलाई परेको असरप्रति क्षमा माग्दै चलचित्र प्रर्दशन रोक्ने निर्णय गरिएको छ । चलचित्र हलमा चल्न नदिए अरु माध्यमहरुबाट प्रर्दशन गर्ने घुर्की समेत विज्ञप्ती मार्फत गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।