४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘दिमाग खराब’को प्रदर्शन नरोकिने



३० कात्तिक । फिल्म ‘दिमाग खराब’ टिमले आगामी मंगलबारसम्म प्रदर्शन नरोक्ने भएको छ। नेपाल चलचित्र संघ र फिल्म टिमबीच मंसीर ५ गते वार्ता बस्ने सहमती भएसँगै निर्माण टिमले प्रदर्शन नरोक्ने जानकारी दिएको हो।

आज निर्माण टिमको मागलाई लिएर नेपाल चलचित्र संघसँग बैंठक बसेको थियो। बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले हलहरूले विभेद गरेको भन्दै माग पूरा नभए शुक्रबारबाट चलचित्र प्रदर्शन रोक्ने चेतावनी दिएका थिए।

‘दिमाग खराब’ टिमले विदेशी चलचित्र बराबर नै शो पाउनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुईवटा शर्त अघि सारेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।