१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आयुर्बेद स्वास्थ्य केन्द्र ललितपुरको भवन झरुवाराशीमा बन्ने



ललितखबर
५ मंसिर । आयुर्बेद स्वास्थ्य केन्द्र ललितपुरको भवन गोदावरी १३ झरुवाराशीमा बन्ने भएको छ ।
केन्दकी प्रमुख डा. श्रृष्टि श्रेष्ठका अनुसार गत असारमा मन्त्री परिषद्को बैठकबाट १३ रोपनी ६ आना जग्गा स्वास्थ्य केन्द्रलाई भोगचलनका लागि दिने स्वीकृत भएपछि भवन निर्माणको प्रकृया सुरु भएको हो ।

भवन निर्माणका लागि बजेटको पहल भइरहेको डा. श्रेष्ठ बताउछिन् । भन्छिन्,आउँदो आर्थिक वर्षमा टेण्डर खुलाएर भवन निर्माण गर्ने योजना छ ।
जिल्लाको मुख्य कार्यालयको रुपमा ताल्छिखेलमा कार्यालय सञ्चालित छ भने वागमती गाँउपालिकाको भट्टेडाँडा, कोञ्ज्योसोमको चौघरे, महाँकालको गोटिखेल र महालक्ष्मीको लामाटारमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालित छ । यी सेवा केन्द्रमार्फत स्वास्थ्य सेवा लिन सकिने उनी बताउछन् ।
गोदावरी नगरको बज्रवाराही र विशंखुनारायणमा औषधालय सञ्चालित छ । जुन गोदावरी नगरपालिकाद्वारा सञ्चालित छ ।
स्वास्थ्य केन्द्रले हाड जोर्नी, नसालगायत विभिन्न रोगका आयुर्बेद प्रद्दतीबाट उपचार गरिरहेको छ । पछिल्ला समयमा स्वास्थ्य केन्द्र आएर उपचार गर्ने सेवाग्राहीहरु बढ्दै गइरहेको केन्द्रकी प्रमुख डा. श्रेष्ठ ललितखबरसँग बताउछिन् ।
स्वस्थ्य केन्द्र इखालखु, लगनखेल, हात्तीबन र सातदोबाटोलगायत विभिन्न ठाँउमा भाडामा बस्दै अहिले ताल्छिखेलमा भाडाको घरमा सरेको छ । स्वास्थ्य केन्द्र २०५६ सालमा स्थापना भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  २ : २९ बजे