५ मंसिर । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’ले चलचित्र ‘कंगारु’ निर्माण गर्ने भएका छन् । फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले यस चलचित्रको निर्देशन गर्नेछन् ।
यो चलचित्रलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए ।
चलचित्रको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलिया) कार्यकारी निर्माता रहेकोयो फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अष्ट्रेलिया) रहेको छ । चलचित्रमा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । चलचित्र निर्माणमा लक्ष्मी ज्वेलर्स(यूके)ले पनि सहकार्य गरेको छ ।
चलचित्रको बिषयमा निर्देशक बस्नेत भन्छन्,‘मैले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ । यसपछि, केही फरक कथा भन्न मन लागेको थियो । यसैले, कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ बर्ष समय लगाएका छौं । दर्शकले, यसपटक फरक स्वादमा चलचित्र हेर्न पाउनुहुनेछ ।’
चलचित्रका लागि विभिन्न कलाकारहरुसँग कुराकानी भएको र चाडै नै फाइनल गर्ने निर्माणपक्षले बताएको छ ।
यो चलचित्रको छायांकन फागुणदेखि सुरु हुनेछ ।
फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।
प्रतिक्रिया