१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भारतमा छायांकन हुने विदेशी फिल्मलाई ४० प्रतिशत प्रोत्साहन



५ मंसिर । विदेशी फिल्मको छायांकनलाई आकर्षित गर्न भारत सरकारले प्रोत्साहन शुल्कमा वृद्धिसहितका महत्वपूर्ण घोषणा गरेको छ । कान्समा गत वर्ष घोषणा भएको ३० प्रतिशत प्रोत्साहन शुल्कलाई बढाएर ४० प्रतिशत पुर्‍याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घोषणाअनुसार सरकारले राखेका सर्त पूरा भए भारतमा छायांकन हुने विदेशी फिल्मको कुल खर्चको ४० प्रतिशत सरकारले व्यहोर्नेछ । क्याप सीमा पनि २५ मिलियन भारुबाट बढाएर ३०० मिलियन भारु पुर्‍याइएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ । भारतीय कथावस्तुमा आधारित फिल्म छ भने अहिले पनि पाँच प्रतिशत बोनसको सुविधा छ ।

भारतको सूचना तथा प्रसारण मन्त्रालय र विदेश मन्त्रालयबाट १ अप्रिल २०२२ पछि छायांकनको अनुमति लिएका फिल्म मात्र यो प्रोत्साहनका लागि योग्य हुने जनाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ०६ बजे