२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा महाँकाल गाँउपालिकाले दर्ता नगरि व्यावसाय गरे कारवाही गर्ने



१० मंसिर । दक्षिण ललितपुरको महाँकाल गाँउपालिका क्षेत्रमा दर्ता नगरी व्यावसाय गरे कारवाही गर्ने भएको छ ।
गाँउपालिकाले यही पुस मसान्तसम्म विना दर्ता सञ्चालनमा रहेका व्यावसायहरु अविलम्ब दर्ता गर्न सूचना जारी गरेर आग्रह गरेको हो ।
सुदुर दक्षिण पहाडी क्षेत्रमा रहेको महाँकाल गाउपालिकामा ठूला उद्योग, कलकारखाना छनन् । काभ्रेर दक्षिण ललितपुरको सानो बजारको रुपमा विकसित गोटीखेल बजारमा सिमित पसलहरु छन् ।
गाँउपालिकाले आम्दानी नहुँदा विकास निर्माणको काम गर्न नसकेको भन्दै कर लगाउने निर्णय गरेको बताएको छ ।
गाँउपालिकाले केही समयअघि दूधमा कर लगाएपछि विरोध भएको थियो । किसानलाई गाँउपालिकाले सुविधा दिनु पर्नेमा उल्टै्र कर लगाएर निरुत्साहित गरेको भन्दै पालिाका अध्यक्ष गणेश केसीको आलोचना भएको थियो ।
नेकपा एमालेसम्बघ अखिल नेपाल किसान संघ विरोधमा प्रर्दशनमै उत्रेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।