५ मंसिर । काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ ।
काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले मंगलबार सार्वजनिक आह्वान जारी गर्दै अबको १५ दिनपछि लागु हुने गरी आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ ।
साथै सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा समेत पूर्णतया रोक लगाइएको छ ।








प्रतिक्रिया