१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विद्युत समस्या : मञ्जलीको गुनासो, कुलमानको दुखेसो



ललितखबर
१४ मंसिर । शुक्रबार साँझ ललितपुरको भैसेपाटीस्थित छ्यासीकोटमा महानगरका चक्रपथ बाहिरका क्षेत्रमा स्मार्ट बत्ती जडानपछि शुभारम्भ कार्यक्रम थियो । ढिलो गरि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कार्यक्रममा सहभागी भए ।
ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्यले ललितपुरमा विद्युत क्षेत्रको समस्या उप्काइन् । पर्यटकीय स्थलमा तारैतारले जेलिएपछि सुन्दरता हराएको, शहरभरि विजुली नांगो तारका कारण खतरा बढेको भन्दै अण्डरग्राउण्ड गरिदिन अनुरोध गरिन् ।
उपमेयर शाक्यले सडक बत्तीको शुल्क महानगर एक्लैले पुरा व्यर्होनु पर्दा व्ययभार बढेको स्थानीय निकायको न्युन आयका कारण विकास निर्माणमा असर पर्नेतर्फ चिन्ता व्यक्त गर्दै ४० प्रतिशत विद्युत प्राधिकरणले व्यर्होनु पर्ने प्रस्ताव राखिन् ।
तर प्राधिकरणका निर्देशक कुलमान घिसिङ भने विद्युत् विस्तार र सुधारको काम सडक विभागले असहयोग गरेको भन्दै आक्रोसित रुपमा प्रस्तुत भए । उनले ललितपुर सहित उपत्यकाका तीनै जिल्लामा विभागले अनुमती नदिएका कारण तार अण्डरग्राउण्ड गर्ने काम दर्जनौं ठेक्का अघि नबढेको र ती ठाँउका ठेकेदारले काम छोडेर हिडेको दुखेसो पोखे ।
उनले वन विभागले विद्युत् आयोजनाका रुख काट्न नदिएकोमा समेत आक्रोस व्यक्त गरे । भने,‘ १० हजार मेगावाटभन्दा ठूलो विद्युत् आयोजना अपर अरुणको एउटा रुख काट्न नदिदा आयोजना स्थलसम्म पुग्ने बाटो बर्ष दिनदेखि बन्न सकेको छैन ।’
निर्देशक घिसिङले नेपालमा सञ्चालित एनजिओ आईएनजिओको काम विकाशको परियोजना रोक्ने भएको आरोप लगाए । यस्तो स्थितीले देशको विकास नहुने उनको धारणा थियो ।
मेयर चिरीबाबु महर्जन भने चक्रपथमा बत्ती जडान नहुँदा रातको समयमा दर्जनौंको दुर्घटनाका कारण मृत्यु हुने गरेको तर्क गरे । उनले भने, ‘हामी चाडै यहाँ बत्ती राख्छौं । एक जनाको दुर्घटनाका कारण ज्यान बनाउन सकियो भने पनि हाम्रो लागि ठूलो कुरा हुनेछ ।’

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ३ : ३४ बजे