ललितपुर
१९ मंसिर । दक्षिण ललितपुरको शंखु अस्पतालको भवन ढलानका लागि उन्युचौर मगरगाँउ लाकुरी भञ्ज्याङ सडक बन्द हुने भएको छ ।
केञ्ज्योसोम २ का वडाध्यक्ष रोहण घलान तामाङले सडकमै मिक्सर राखेर भवन ढलानको काम गर्नु पर्ने भएकाले सडक अवरुद्ध हुने ललितखबरलाई बताए ।
उनले भने, विर्केधारा, ‘दलचोकी सिलिङ्गे हुँदै शंखु जान अप्ठ्यारो छैन । तर उन्युचौरको लागि भने आज बाटो बन्द गरेका छौं ।’
दक्षिण ललितपुरको शंखु जानका लागि दलचोकी इकुडोल र बुखेल हुँदै जानसक्ने बैकल्पिक मार्ग पनि छन् । तर गोटीखेल हुँदै शंखु जान भने यी सडक घुमाउदो पर्छ ।
प्रतिक्रिया