११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


पशुपतिनाथमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शन



२६ मंसिर । पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख आज प्रदर्शन गरिएको छ। पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष मङ्सिर कृष्ण पक्षको त्रयोदशीका दिन पशुपतिनाथमा बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने चलनअनुसार आज बिहान ८ बजेदेखि एक दिनका लागि यी वस्तु प्रदर्शनमा राखिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए।

मङ्सिर कृष्ण पक्षको औँसीका दिन ‘अब एक वर्षका लागि यी वस्तु सुरक्षितसाथ राखिन्छ’ भनेर देखाउने परम्परा छ । यस वर्ष त्रयोदशीका दिन गत आइतबार नागरिकका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो।

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्खलाई आज भण्डारको तेस्रो तलामा राख्नुअघि बिहान १० बजेअगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी देखाइएको कार्यकारी निर्देशक डा.खतिवडाले बताए।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।