५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सालार’लाई एडल्ट सर्टिफिकेट



२६ मंसिर । प्रभाव स्टारर दक्षिण भारतीय चलचित्र ‘सालार’ बहुप्रतिक्षित चलचित्र हो। एक्सनरथ्रीलर जनरामा बनेको यो चलचित्र २२ डिसेम्बरबाट प्रदर्शन हुँदैछ।
रिलिज मिति नजिकिएसँगै चलचित्रको सेन्सर पास भएको छ। २ घण्टा ५५ मिनेट लामो यस चलचित्रले सेन्सर बोर्डबाट ‘ए’ (एडल्ट) सर्टिफिकेट पाएको छ।
‘ए’ सर्टिफिकेट पाएसँगै अब यस चलचित्रलाई १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न पाउनेछन्।
‘सालार पार्ट १-सीज फायर’ मा निकै फाइट र हिंसात्मक दृश्यहरु भएकाले सालारलाई ए सर्टिफिकेट दिइएको छ। जसले एक्सन मन पराउने दर्शकहरुलाई थप उत्साहित बनाएको छ।

हालै सालारको ट्रेलर सार्वजनिक गरिएको थियो। जसमा भरपूर एक्सन र फाइटका दृश्यहरु समावेश थिए। प्रशान्त नीलले यसअघि केजीएफ जबरजस्त एक्सन दिइसकेका छन्। सालारमा पनि दमदार एक्सन हुने बताइएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।