५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा अभियन्ता ई: र स्थानीयबीचको विरोध कार्यक्रममा देखिएका रोचक दृश्य



 

ललितखबर
२६ मंसिर । ललितपुर महानगरले लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ हटाएको विरोधमा अभियन्ता ई: ललितपुर महानगर कार्यालयपरिसर पुगेर प्लेकार्ड सहित विरोध जनाउन मंगलबार दिउँसो पुगेका थिए । तर स्थानीयले फुटपाथ राख्न नहुने भन्दै अभियन्ता ई: लगायत समर्थकलाई प्रर्दशन स्थलबाट प्लेकार्ड च्यातेर लखेटेका छन् ।
हेरौं प्रर्दशनका केही रोचक दृश्य :

अभियन्ता ई: को समर्थन गर्न विवेकशीलकी नेतृ रञ्जु रर्शना प्रर्दशन स्थल पुगेकी थिइन् । उनी ई: सँगै गाडी चढेर प्रहरी सुरक्षाका साथ प्रहरी कार्यलयबाट गएकी थिइन् ।

अभियन्ता ई: हाप पाइन्ट र टिसर्ट लगाएर प्रर्दशन गर्न पुगेका थिए ।

महानगरिय प्रहरी प्रमुख सिताराम हाछेथु झडपको अवस्थामा तस्विर खिच्न व्यस्त थिए ।

प्लेकार्ड स्थानीयले च्यातिदिएपछि ई: लगायतका समर्थकहरु प्रहरी घेरामा पुनः प्रर्दशन गरेको थिए ।

अभियन्ता ई: ले बोकेको प्लेकार्ड च्यातेर फुटपात खाली गर्नुपर्ने मागको व्यानार स्थानीयले राखेको थिए ।


अभियन्ता ई: ले च्यातिएको प्लेकार्ड बोकेर उभिएका थिए ।


उनी २ घण्टा प्रहरी कार्यालयभित्र उभिएर विरोध जनाए बसेनन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।