१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बज्रवाराही मन्दिरमा नित्य पुजा सुरु



 

ललितखबर
१ पुस । ललितपुरको चापागाँउस्थित बज्रबाराही मन्दिरमा नित्य पुजा सुरु गरिएको छ ।
करिव ३५ बर्षदेखि आयस्था नहुँदा मन्दिरमा नित्य पुजा रोकिएकोमा गतमाघ १ गतेदेखि ७ गतेसम्म मन्दिर प्राङ्गणमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ लगाएर उठेको ९ लाख रुपैयाँको अक्षयकोष निर्माण गरेर नित्यपुजा सुरु गरिएको मन्दिरका निवर्तमान पुजारी बासुदेव कर्माचार्यले बताए ।
नित्य पुजा आफ्ना भाई अनोज कर्माचार्यले सुरु गरेको निवर्तमान कर्माचार्यले ललितखबरसँग बताए । उनले भने, ‘म अब बुढो पनि भएँ । नयाँ पुस्तालाई हस्तान्तरण गर्ने परम्परा अनुसार तान्त्रिक दिक्षा दिएर हस्तान्तरण गरेको छु ।’
उनका अनुसार मन्दिरमा नित्यपुजा व्यवस्थित गर्नका लागि चम्पापुर सम्पदा संरक्षण समिती दर्ता गरेर ९ लाख अक्षयकोष व्यवस्था गरिएको छ । समितीले कर्माचार्यलाई पुजारी नियुक्त गरि माइन्युट उठाएर प्रति महिना २० हजार तलव समेत तोकेको छ ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सप्तााह महायज्ञमा १६ लाख नगरपालिकाको तर्फ बाट दिएर २५ लाखको आश्वासन दिए पनि अहिलेसम्म नदिएको कर्माचार्यले गुनासो गरे ।

मल्लकालीन इतिहास बोकेको बज्रबाराही मन्दिरमा इतिहासकालदेखि नै कर्माचार्य समुदायबाट नित्य पूजा हुने गरेको थियो ।
पशु पञ्छीहरु बाँजो भए दुध चडाउने भाकल गरे पशुपञ्छी गर्भधारण गर्ने विश्वास सहित यस मन्दिरमा टाढा टाढाबाट दुध चढाउन आउछन् ।

कर्माचार्य बुबा बाजे मन्दिरमा नित्य पूजा गरेको सम्झना गर्दै मन्दिरको आफ्नै गुठीको ७ रोपनी जग्गा र करिब २ रोपनी फूल रोप्ने बगैँचा पनि रहेको बताउछन् । त्यो जग्गा कसले हिनामिना ग¥यो भन्ने विषयमा खोजी गर्नु आवश्यक रहेको उनी बताउछन् ।

कर्माचार्य आफूले आँगक्षेमा भने नित्यपुजा गरिरहेको बताए । म सरकारी कर्मचारी भएकाले पेन्सेनबाट बचेको रकमबाट फुल प्रसाद किन्ने गरेको बताउछन् ।

काठमाडौं उपत्यकामा स्वेत बाराही, नील बाराही, धुम्बाराही र बज्रबाराही गरी चार बाराही चर्चित छन् ।
नेपाल संवत ७१९ मा श्रीराजदेव मल्लले चापागाउँ आगंछेँमा बज्रवाराही देवीको स्थापना गरेको र संवत ७८६ मा श्रीनिवास मल्लले बज्रवाराही देवीको मन्दिर निर्माण गरेका इतिहास रहेको इतिहास छ ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ३ : ५३ बजे