ललितखबर
२ पुस । राजधानीमा सोमबार ललितपुर महानगरको १ सय ५ औं कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन पनि सहभागी भए । सामान्यतयाः सार्वजनिक कार्यक्रममा सहभागी नहुने बालेन कार्यक्रम लामो बनेपछि बिचैमा उठेर गए ।
मेयर बालेन बिचैमा उठेर गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ललितपुरका मेयर चिरिबाबु महर्जन रिसाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले वालेनले आफ्ना कुरा राखेको तर प्रमुख अतिथीभएर सहभागी आफ्नो कुरा नसुनेको भन्दै रिस उठेको(इरिटेड भएको) बताए । मेयर बालेनले सुकुम्बासी समस्या र ललितपुरमा फुटपाथको समस्या राखेका थिए । मेयर वालेनले आफू गर्न लागेको कुरामा मुद्दा हालेर अप्ठ्यारोमा पारेको सन्दर्भ समेत कार्यक्रममा सुनाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले वालेनसँग आफूले समन्वय गरेर काम गर्न सिंहदरवारमा धेरै छलफल चलाएको स्प्रष्टिकरण दिए ।
मेयर महर्जनले आफैले अथितीको रुपमा बोलाएका मेयर शाह बीचैमा उठेर गएको भन्दै आफूलाई पनि रिस उठेको मञ्चमै भाषणको क्रममा बोलेका छन् । उनले संघ सरकारसँग सबै विकाशको काममा समन्वय गरेर काम गरिरहेको बताए ।
२ पुस २०८०, सोमबार
510
Shares
प्रतिक्रिया