१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा भूमिहीनलाई जग्गा दिन छ चरणको काम पुरा



पाटन (ललितपुर)
४ पुस । ललितपुरमा भूमिहीन सुकुम्बासी तथा स्वबासीहरुलाई जग्गा दिन छ चरणको काम पुरा भएको छ ।
राष्ट्रिय भूमि आयोग ललितपुरले आयोजना गरेको राजनीतिक दलसँग छलफल कार्यक्रममा आयोगले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि १४ चरणमा काम सम्पन्न गर्नुपनेमा ५ चरणको काम सकिएको जानकारी दिइएको हो ।
त्यसअनुसार ललितपुरका चार वटा पालिकामा निस्सा वितरणको काम सम्पन्न हुने चरणमा छ । निस्सा वितरण हुँदा छ चरणको काम सम्पन्न हुने भूमि आयोगका विज्ञ सदस्य प्रतीक तामाङले जानकारी दिए ।
“अहिलेसम्म भएका काममा राजनीतिक दलहरुबाट भएको सहयोग र समन्वयबाट आगामी दिनहरुमा पनि सहजरूपमा काम गर्न सहयोग पुग्ने भन्नेमा हामी आशावादी छौँ”, आयोगका अध्यक्ष श्रीगोविन्द महर्जनले भने ।

 

छलफलका क्रममा नेकपा माओवादीका जिल्ला अध्यक्ष शिव कट्टेलले आयोगका गतिविधि लक्षित वर्गसम्म पु¥याउन वडा तहलाई जिम्मेवार बनाउन सम्बन्धित पालिकाले ध्यान दिनुपर्ने बताए ।

नेपाली कांग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरेले वर्तमान संविधानको मर्मअनुरुप नै भूमि आयोग गठन भई काम गरेकाले आयोगलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) ललितपुरका कार्यालय सचिव रमेशप्रसाद घिमिरेले संविधानले निर्दिष्ट गरेअनुसार काम गर्न र समन्वय गर्न आफ्नो पार्टी तत्पर रहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ३ : ४९ बजे