२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


शाहरूख खानको फिल्म ‘डंकी’ प्रदर्शनमा



५ पुस । शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ आजदेखि प्रदर्शनमा आएको छ। राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

भारतीय मिडियाहरुका अनुसार फिल्म डंकीको प्रदर्शन अगाडि नै ४ लाख भन्दा बढी एड्भान्स टिकट बिक्री भइसकेको छ। एड्भान्स टिकट बिक्रीबाट नै फिल्मले १५ करोड बराबरको कमाइ गरिसकेको छ।

शाहरूखको ‘जवान’ र ‘पठान’ फिल्मले राम्रो चलेपछि ‘डंकी’ फिल्ममा पनि दर्शकको आशा बढिरहेको छ। शाहरूखको ‘जवान’ र ‘पठान’ ले बक्स अफिसमा सबै रेकर्ड तोडेको थियो।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।