४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


मन्त्री किरातीको प्रष्टीकरण– ‘सबैको अभिभावक हुँ, सबैको अस्थित्वको सम्मान गर्छु’



५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री सुदन किरातीले संविधानलाई पालाना गर्दै अतिवादलाई परास्त गरेर राष्ट्रिय एकता कायम गर्नुमा आफ्नो जोड भएको बताएका छन् ।

बुधबार क्रिसमस फेस्टिभलमा दिएको अभिव्यक्तिले विवादमा तानिएपछि उनले बिहीबार समाजिक संजालमार्फत त्यसबारे स्पष्टीकरण दिएका हुन् । कार्यक्रममा क्रिश्चियनलाई स्वीकार नगर्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति उनले दिएका थिए ।

‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं,’ किरातीले लेखेका छन्, ‘ अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो।’

मन्त्री किरातीेले आफू सबैको अविभावक भएको र सबैको अस्थित्वको सम्मान गर्ने समेत बताएका छन् । ‘फेरिपनि भन्छु, अहिले म सबैको अभिभावक हुँ, त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौं। अन्तमा अर्काको अस्थित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्थित्व सम्मानित हुनु हो ।’

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ११ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।