१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा घर जग्गा मेला, एकै दिन ५० करोडको कारोबार



७ पुस । ललितपुरमा शनिबार आयोजना गरिएको घर जग्गा मेलामा एकै दिन ५० करोडको कारोबार भएको छ ।
पौष ७ गते शनिबार आयोजित मेला बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चलेको यस मेलामा ।

बसोबास नेपालले आयोजना गरेको ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला सफलताका साथ सम्पन्न भएको छ । घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यसहित ठूला डेभलपरहरूका ११ वटा स्टलमा २ सय ५० भन्दाबढी प्रपर्टीहरू प्रदर्शन गरिएको थियो ।

नेपालमै पहिलोपटक आयोजना भएको उक्त मेलामा एक हजार भन्दाबढी सहभागीहरूले प्रत्यक्ष अवलोकन गरेको बताइएको छ ।
मेलामार्फत आवासिय अपार्टमेन्ट, घर र कमर्सियल स्पेसगरी पाँचवटा प्रपर्टी बुकिङ भएका छन् । त्यस्तै, १६ वटा ‘डिस्काउन्ट बुकिङ’ बिक्री भएको आयोजक संस्था बसोबास नेपालका सेल्स म्यानेजर अंकित घिमिरेले बताएका छन्।

पहिलो मेलामा पाएको सफलताले आगामी दिनमा मेलाको आयोजना गर्न हौसला मिलेकोे सेल्स म्यानेजर घिमिरे बताए ।

 

मेलामा बोल्दै बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले बजारमा फैलिएका मिथ्या खबरका कारण सेवाग्राही आत्तिने अवस्था आइरहेका बेला घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुगोस् भन्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

 

साथै निजी कम्पनीले आफ्नै जोखिममा आयोजना गरेको मेलाले राम्रो उपलब्धि दिएको उनको दाबी छ । जसका कारण घरजग्गा कारोबार पनि एउटा इन्डस्ट्री हो भन्ने कुरा सावित गर्न सफल भएको तर्क गरे । मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई माथि उकास्न सहयोग गर्ने सिईओ अधिकारीको अपेक्षा छ ।

 

मेलामा बसोबास नेपालले उपलब्ध गराएको प्लेर्टफममा सीई कन्स्ट्रक्सन, सीडी डेभलपर, पद्मा कोलोनी, सीजी प्रपर्टीज, भुमी डेभलपर, डाउनटाउन, सीजी डेभलपर, प्लेटिनम डेभलपर, वृहत इन्भेस्मेन्ट, हार्मोनी कोलोनी लगायत ठूला डेभलपरहरूका छुट्टाछुट्टै स्टलहरू थिए ।
ललितपुरको एक होटलमा आयोजित मेलामा सहभागी सेवाग्राहीलाई बैंकिङ परामर्श समेत दिएइको थियो । साथै कानुनी परामर्शका लागि पनि छुट्टै बुथको व्यवस्था गरिएको थियो ।

 

 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : १८ बजे