१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बबिनाको कोसेली ‘माझी बनेर आयौ’



काठमाडौं
१९ पुस । गायिका बबिना भट्टराईले साँगेतिक कोसेलीे ‘माझी बनेर आयौ’ बजारमा ल्याएकी छिन् ।
गीतमा बबिना भट्टराईको स्वर छ भने शव्द सुनिता प्रसाईंले लेखेकी हुन्। गीतमा संगीत भने गायिका भट्टराईकै रहेको छ ।
बबिनाको मर्मस्पर्शीसँगै गीत सुन्दा आनन्द लाग्छ ।
बबिनाले गाएको यो गीत, सरल, अर्थपूर्ण र मिठासयुक्त छ । भिडियोमा तामझाम देखाइएको छैन । भिडियोमा स्वंम गायिकाले अभिनय गरेकी छिन् । सुमधुर गीत सुन्ने बानी गरेका नेपाली श्रोतालाई उनको कोशेली मन पर्ने किसिमको छ ।
गायिका बबिनाले गीतको संगीत र स्वरमा निखार ल्याएकी छिन् । पछिल्लो समय संगीत र स्वरमा ध्यान नदिने तर भिडियोमा तामझाम गरेर माधुर्यता लुकाउने संस्कृती गायिकाले पछ्याएको देखिदैन ।

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ३ : ३७ बजे