१९ पुस । गएको पाँच बर्षदेखि गोदावरी खोला सरसफाई अभियान निरन्तर रुपमा चलिरहेको छ । एकातिर अभियन्ता खोला सरसफाई अभियान निरन्तर अघि बढाइरहेका छन् भने नदि नजिकका बस्तीका बासिन्दा भने खोलामा फोहोर फ्याक्न छोडेका छैनन् ।
केही समयअघि ललितपुर महालक्ष्मी ७ लुभूमा सरकारी बजेटमै ढल बनाएर गोदावरी खोलामा जोडियो । नदिमा ढल जोडेर मलमुत्र मिसाएपछि अभियन्ताहरुले चर्को स्वरले विरोध गरे ।
तर स्थानीयहरुले ढल राखे पनि ट्वाइलेट नजोडेको दाबी गरिरहेका छन् । गोदावरी क्षेत्र खोला सरसफाई अभियानकी अभियन्ता बेबी राजभण्डारी रातारात ढल जोडेर खोलामा मिसाउदा नदिमा पसेर फोहोर टिप्न समस्या भएको बताउछिन् ।
२ सय ५४ हप्तासम्म खोला सरसफाई जारी रहँदासम्म खोलामा फोहोर फ्याक्ने क्रम घटे पनि नरोकिएको अभियन्ता राजभण्डारी बताउछिन् । भन्छिन्, ‘हामीले फोहार टिप्ने अभियानसँगै पछिल्ला दिनमा जनचेतनाका लागि विभिन्न कार्यक्रम गर्न सुरु गरेका छौं । तर समुदायस्तरबाटै नदिमा फोहोर ढल राख्दा समस्या भयो ।’
नदिको फोहोर टिप्ने, सचेतना कार्यक्रमसँगै अव समुदायसँग ढल नहाल्न लडाई गर्नु पर्ने अवस्था आएको बताउछिन् । भन्छिन्, ‘सचेत युवाहरु हामीसँग भए काम गर्न सझिलो हुन्थ्यो ।’
गएको शनिबार महालक्ष्मी ९ का वडाका वडाध्यक्ष जयकिसन बोगटीले अभियन्ताको पक्षमा बोल्दै ढल राख्न नहुने मत राखेका छन् । उनले खोलाको ढल निकालेर ट्रिटमेन्ट प्लाल्ट बनाउन जरुरी रहेको बताएका हुन् ।
१९ पुस २०८०, बिहिबार
170
Shares
प्रतिक्रिया