१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


‘भ्वाइस अफ नेपाल’को फिनाले गोदावरीको सनराइज हलमा



ललितपुर
२१ पुस । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्रान्ड फिनाले ललितपुरको गेदावरीस्थित सनराइज हलमा हुने भएको छ ।
आगामी पुस २७ गते शुक्रबार ललितपुरको गोदावरीस्थित यस हलमा ४ जनाबीच प्रतिश्पर्धा हुनेछ । कुमार प्रयास र विनोद राई गएको कार्यक्रममा फाइनलमा प्रवेश गरेका छन् भने बाँकी चार जना आगामी कार्यक्रममा छनौट हुने व्यवस्थापनले जानकारी दिएको छ । मकर, मोनिका, तेन्जिङ र नोगेन ‘भ्वाइस अफ नेपाल’को अन्तिम सूचिमा परेका छन् ।
हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको गायन रियालिटी शोको चर्चा नेपाली साँगेतिक बजारमा चर्चा छ ।
तीन हजार सिट क्षमता भएको हलमा दर्शक रहेको यस हलमा पछिल्लो समय निरन्तर ठूला कार्यक्रम भइरहेका छन् ।
गएको ३ बर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्वको सरकारले निर्माण गरेको हलका कारण गोदावरीको चलहलपहल बढेको स्थानीयहरु बताउछन् । हलकै कारण यस क्षेत्रको आर्थिक परिदृश्यमा परिवर्तन भइरहेको व्यावसायीहरु बताउछन् ।

 

भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीमा प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : ४२ बजे