१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुर विद्युत सहकारीमा राजनीतिक रंग



ललितखबर
२१ पुस । अचेल देशभरका सहकारी आर्थिक मन्दीको चपेटामा छन् । धेरै सहकारीले बचतकर्तालाई आफ्नै पैसा सहकारीबाट फिर्ता लिन मुस्किल छ ।
तर दक्षिण ललितपुरको एक सहकारीमा भने नेतृत्व लुछाचुडीको खेल चलिरहेको छ । आज शनिबार दक्षिण ललितपुरको सदरमुकामका रुपमा परिचित चापागाँउ टाहाखेलको एक पार्टी प्यालेसमा दक्षिण ललितपुर विद्युत सहकारीको नेतृत्वका लागि निर्वाचन भइरहेको छ ।
संस्थाको अध्यक्षका लागि नेकपा माओवादी निकट भिमसेन आचार्य र नेकपा एमाले निकट गोविन्दप्रसाद बजगाँई उम्मेदवार कायम रहेपछि निर्वाचन भइरहेको हो ।
५ हजार ४ सय मतदाता रहेको सहकारीको निर्वाचन स्थलमा कुनै राजनीतिक दलको भन्दा कम चहल पहल छैन । माओवादी निकट आचार्यले निर्वाचन स्थलको ढोकैमा ठूला व्यानर टाँगेका छन् । नमूना मतपत्र हातैमा दिएर भोट माग्नेको ताँती छ ।

यता एमाले र माओवादी पार्टीका नेताहरु निर्वाचन स्थल वरपर चलखेल गर्न घुमिरहेका भेटिन्छन् । एकान्त भेट कानेखुशी चलिरहेको छ ।
्केन्द्रिय राजनीतिमा माओवादी काँग्रेस गठबन्धन रहेको सन्दर्भमा सहकारीको निर्वाचनमा समेत लागू हुने निर्वाचन स्थलमा आचार्य समर्थकहरुले हल्ला चलाएका छन् । उता लामो समयसम्म सहकारीमा काम गरेर इमानदार छवि बनाएका बजगाई समर्थकहरु काम र जनतामा भिजेको आधारमा विजय हुनेमा ढुंक देखिन्छन् ।
पछिल्लो समयसम्म एमाले निकट हरिप्रसाद न्यौपानेले समेत अध्यक्षको दावी गरेको सन्दर्भमा अन्तिम समयमा उनलाई लेखा समिती संयोजक बनाएर उम्मेदवार बनाएसँगै आज दुई उम्मेदवार बजगाँई र आचार्य निर्वाचनमा होमिएका हुन् ।
साँझ ४ बजेसम्मका लागि तोकिएको निर्वाचनअवधि तोकिए पनि भीडका कारण समयमै टुंगिने सम्भावना छैन ।
दक्षिण ललितपुरको कोञ्ज्योसोम, महाँकाल, वागमती गाँउपालिका संगै गोदावरीको वडा नं. ७ देचिौरमा बासिन्दाले यस सहकारीको व्यवस्थापनमा विद्युत प्रयोग गर्दै आएका छन् । करिव ८ हजार उपभोक्ता रहेको अवस्थामा सहकारीका सदस्य भने ५ हजार ४ सय रहेको सहकारीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ११ बजे