५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जिग्री’ फागुन ४ गतेबाट रिलिज हुने



७ माघ । फिल्म ‘जिग्री’ को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। सुस्केरा आर्ट्सको निर्माण रहेको यो फिल्म आगामी फागुन ४ गतेबाट रिलिज हुनेछ। आकाश मगर निर्देशित यो फिल्म कमेडी, क्राइम र एक्सन जनरामा बनेको हो।

यस फिल्ममा अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ।

जिग्री काठमाडौँमा अनेकन महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई केटाको कथा हो। ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य कथा हो।

कुसुम थापा मगर कार्यकारी निर्माता रहेको फिल्मको निर्माता कुमार श्रेष्ठ हुन्। सुमित भट्ट र सोमित माझीले छायाङ्कन गरेको फिल्म सम्पादन सरुन मानन्धरले गरेका हुन्। फिल्मको कास्टिङ निर्देशक केदार श्रेष्ठ हुन्। चलचित्रको केही दिनमा नै टिजर सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।