ललितपुर
२२ माघ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा भिषण आगलागी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १५ पाटन औद्योगिक क्षेत्रभित्र रहेको एक काठ उद्योगमा आइतबार दिउँसो आगलागी भएको हो ।
प्रहरीका अनुसार आगलागीपछि ललितपुर महानगरपालिका २८ हात्तिबन बस्ने पदम बहादुर श्रेष्ठको सिजिनिङ काष्ठ उद्योगमा हुँदा २ हजार ५ सय क्यूफिट काठ समेतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
आगलागी प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र २ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका बताएकोे छ ।
प्रतिक्रिया