२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर पुल्चोकस्थित होटल स्क्वायरकी सञ्चालक रोमी अर्यालले गरिन् आत्म समपर्ण



२३ माघ । फरार रहेकी होटल स्क्वायरकी सञ्चालक रोमी अर्याल देवकोटा आत्म समर्पण गरेपछि पक्राउ परेकी छिन् ।
सोमबार ललितपुर प्रहरी परिसरमा आत्म समपर्ण गर्न पुगेकी अर्याललाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको ललितपुर एसपि नवराज कार्कीले ललितखबरलाई जानकारी दिएका छन् ।
जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य सो होटकोल स्विमिङ पुलमा पौडी खेल्ने क्रममा होटलले विद्युत् प्रवाह गराएको आरोप छ । होटल प्रशासनले भने आफूहरुले विद्युत सर्ट नगराएको दाबी गर्दै शाक्यलाई हृदयघात भएको हुनसक्ने बताएको छ ।
जाडो समयमा स्विमिङ पुलको पानी तताउने क्रममा होटल प्रशासनले करेन्ट जोडेको र सोही क्रममा करेन्ट प्रभाह भएको शाक्य पक्षधरहरुको दावी छ ।
केही साताअघि सो दुर्घटना भएतापनि गत माघ ७ गते जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।
करेन्ट प्रभाह गराएको भन्दै शाक्य परिवारले जाहेरी दिएपछि सञ्चालक अर्याललाई प्रहरीले खोजी गरिरहेको थियो भने अर्याल फरार थिइन् ।
ललिता रोमी अर्यालकीे सासु हुन् ।
यस अघि पक्राउ परेकी अर्की सञ्चालक ललिता भण्डारीलाई अदालतको आदेशपछि छोडिएको छ ।
पौडी खेल्न पुगेका सजिलमान शाक्यको लामो समयदेखि अचेत अवस्थामा उपचार भइरहेको छ ।
पक्राउ परेका उनीहरु दुवै उपर ज्यान मार्ने उद्योगमा जाहेरी परेको एसपि कार्कीले बताए ।
आत्म समर्पण गरेकी अर्याललाई अदातलमा उपस्थित गराएर आज हिरासतमा राख्न म्याद थप गरिने एसपि कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ३ : २४ बजे