१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘महालक्ष्मी महोत्सव’मा उद्घोषकको गल्ती : प्रमुख अतिथीको विषयलाई लिएर लफडा



ललितखबर
५ फागुन । ललितपुरको लूभुमा आज महालक्ष्मी महोत्सव उद्घाटन सत्रमा प्रमुख अतिथीको विषयलाई लिएर लफडा भएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी निम्त्याइएकास्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत सहभागी नभएनन् ।
स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्यकै कारण अनुपस्थित नभएको उद्घोषक शशी खड्काले जानकारी गराउने क्रममा ललितपुर क्षेत्र नं. २ लाल किल्ला भएको र संघीय सांसद प्रेमबहादुर महर्जनलाई प्रमुख अतिथी बनाएको भन्दै आसनग्रहण गराएपछि सभामा होहल्ला भएको थियो ।
उद्घोषक खड्काले महालक्ष्मी नगरक्षेत्र नेकपा एमालेको गढलाई कसैले फुटाउन नसकेको भन्दै राजनीतिक भाषण गर्न थालेपछि पार्टीसभा भएको भन्दै सहभागीले हो हल्ला गरे । उद्घोषकले लगत्तै राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतलाई आसन ग्रहण गराए ।
उद्घोषकले आफूले सासंदको व्यक्तिगत जानकारी दिएको भन्दै सच्चाएको पटक पटक जानकारी दिदा समेत दर्शक नथामिएपछि शिक्षक समेत रहेका नवराज सञ्जेललाई उनले उद्घोषणका लागि बोलाएका थिए ।
कार्यक्रममा सहभागीहरुले राजनीतिक रंग दिएको भन्दै होहल्ला गरेपछि कार्यक्रम केही समय बिथोलिएको थियो ।
उद्घोषकको गल्तीलाई सच्याउदै सासद प्रेमबहादुर बस्नेतले माफी माग्दा समेत भीड थामिएन । काँग्रेस पार्टीका तर्फबाट मन्त्री रहेका जीतजंग बस्नेतलाई कार्यक्रममा प्रमुख अतिथी नबनाएको भन्दै काँग्रेस पार्टीमा सम्बद्ध सहभागीहरुले लामो समयसम्म होहल्ला गरेपछि सासंद प्रेम बहादुर महर्जन आफै माइकबाट बोल्ने अवस्था आएको थियो ।

त्यसपछि नगरपालिकाका मेयर तथा कार्यक्रम संयोजक हरिगोविन्द श्रेष्ठले समेत माफी मागेपछि कार्यक्रम सुचारु हुने अवस्था आएको थियो ।
मेयर महर्जनले कार्यक्रम कर्मचारीबाट सञ्चालन गर्न नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरञ्जीवि पौडेललाई बोलाएपछि समस्या समाधान भएको हो । समस्यालाई लिएर छलफल गर्ने मेयरले आश्वासन दिएका थिए ।
महोत्सवको काँग्रेस, माओवादी र एमालेका नेताहरुलाई बोलाएर प्रमुख अथिती बनाउने भागबण्डा अनुसार कार्यक्रममो डिजाइन गरिएको थियो । महोत्सवलाई उद्घाटन नेपाली काँग्रेस सम्बद्ध स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सिद्धिपुरमा हुने कार्यक्रम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र लाकुरी भञ्ज्याङमा हुने समापन कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथी बनाउने भागबण्डा गरिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : ३५ बजे