१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सिद्धिपुरमा नेवारी संस्कृतीको रोचक दृश्य (तस्विरहरु)



ललितखबर
६ फागुन । आधुनिक जीवनशैलीका कारण नेवारी समुदायका संस्कृती परम्परा र चलचलनहरु पछिल्लो समय हराउदै गएका छन् ।
एकातिर पुराना वाजागाजा, भेसभुषा र भाषा हराउदै गएको छ भने यसको संरक्षणमा समेत नयाँ पुस्तामा खासै चासो छैन । सुकुलका लागि प्रसिद्ध ललितपुरको सिद्धिपुरमा आइतबार नेवारी संस्कृति भेषभुसा र रहनसहनका परम्परागत झल्दो देख्न पाइएको छ ।


सिद्धिपुरको बस्तीमा आयोजित प्रर्दशनमा टाढा टाढाबाट यहाँका कला र संस्कृती हेर्न र रमाइलो गर्न आगन्तुक आएका छन् ।


मेलामा नेवारी परिकार चाख्न पाइन्छ भने स्थानीय बाजागाजा सुन्न, परम्परागत रितिरिवाजको झल्को समेत देख्न पाइन्छ । यहाँ धान झुलेको,रोपाई भइरहेको, ओखलमा चिउरा कुटिरहेको, सुकुल बुन्दै गरेकोलगायतका दृश्यहरु हेर्न सकिन्छ ।
मेला सोमबारसम्म चल्नेछ । हेरौं केही तस्विरहरु :

     

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ३ : ३३ बजे