११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चलचित्र क्षेत्रलाई शर्तसहित अनुदान दिदै बागमती प्रदेश सरकार, चलचित्र ऐन ल्याउने तयारी



 

७ फागुन । बागमती प्रदेश सरकारले मौलिक चलचित्रलाई सर्तसहित अनुदान दिने तयारी गरेको छ ।

प्रदेश ले यस क्षेत्रको विशेषता समेटिएको चलचित्र निर्माणमा उत्प्ररित गर्न ऐन ल्याउने तयारी गरिरहेको छ । सरकारले ऐनमार्फत चलचित्र क्षेत्रलाई प्रबद्र्धनमा सहयोग गर्न लागको हो ।
बागमती  प्रेस रजिष्ट्रार रेवती सापकोटाका अनुसार वागमती प्रदेशको संस्कृती, पर्यटन प्रबद्र्धन र चलचित्रलाई ऐन ल्याउन लागिएको हो ।
प्रदेश राजधानी हेटौंटामा भइरहेको चलचित्र पत्रकार संघको पहिलो राष्ट्रिय भेलामा कार्यपत्र प्रस्तुत गर्दै ऐन आएपछि  सरकारले मौलिक चलचित्रलाई चलचित्र क्षेत्रमा सहयोग पुग्ने र यस क्षेत्रको विकाशमा योगदान पुग्ने बताए । उनका अनुसार प्रदेश सरकारले इनडोर चलचित्र छायाँकनस्थल निर्माण गरेर मौलिक चलचित्रलाई निःशुल्क दिन छलफल भइरहेको छ ।
सहुलियतपूर्ण ऋण, अनुदान र ऋण दिन सकिन्छ की भन्ने विषयमा छलफल भइरहेको उनको भनाई छ ।
सिक्किम सरकारले छायाँकनका लागि आउने चलचित्रलाई सहुलियत दिएको उदाहरण दिदै रजिष्ट्रार सापकोटाले चलचित्रले पर्यटन प्रर्बद्धनमा सहयोग पु¥याउने र पर्यटनमार्फत करोडौं आम्दानी गर्नसक्ने अनुभव बाँडे ।
हिउँदे अधिवेशनमा पेश गर्ने तयारी रहेको र ऐन आएपछि चलचित्र निमार्ण गर्ने निर्माताले पर्यटन प्रबद्र्धन, स्थानीय कलाकारहरुको अभिनय गराउनुपर्नेलगायतका शर्त भने पालना गर्नु पर्नेछ ।
बागमती प्रदेश सरकारले चितवनमा चलचित्रको स्क्रिप्ट लेखन कार्यशाला गरिरहेको र आउँदो गणतन्त्र दिवससम्म ५ वटासम्म छोटा चलचित्र निर्माण गर्ने योजना बनाएको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  २ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।