५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


इन्द्रेणीका अध्यक्ष कृृष्ण कँडेललाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी



ललितखबर
११ फागुन । इन्द्रेणीका साँस्कृतिक समाजका अध्यक्ष कृष्ण कँडेललाई  कारवाही गर्न  माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ ।
समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज सफलले राजधानीमा पत्रकार सम्मेलनमार्फत कँडेलविरुद्ध गायिका शर्मिला श्रेष्ठ, जीवन टण्डन,कविता लामा पूर्णप्रसाद कँडेल,लक्ष्मी प्रसाद घिमिरे र खगेन्द्र विकलगायतलाई कुटपिट गरेर जागिरबाट निकालको आरोप लगाउदै कारवाहीको माग गर्दै निवेदन दिएको बताएका छन् ।
देशभरइन्द्रेणीकामा दुःखी पिडितको नाममा उठेको रकमको विवरण माग गरेर छानविन गर्न  उनको माग छ । सफलले कँडेलको सम्पती शुद्धिकरणमार्फत सम्पती अनुसन्धान गर्न समेत माग गरेका छन् ।
उनले गायिका श्रेष्ठलगायतलाई न्याय दिलाएरै छोड्ने बताएका छन् । गायिका श्रेष्ठले भने कँडेलले आफूलाई अन्याय गरेको भन्दै विभिन्न कागजपत्र सञ्चारमाध्यमहरुसमक्ष पढेर सुनाएकी छिन् । उनी संचारमाध्यमहरु समक्ष लामो समयसम्म रुदै प्रस्तुत भएकी थिइन् ।
कृष्ण कँडेलले शान्ति सुरक्षा माग गर्दै प्रहरी समक्ष निवेदन दिएका छन् ।
शर्मिला श्रेष्ठलगायत कलाकारहरुलाई इन्द्रेणीकाको जागिरबाट निकालेपछि कँडेलले यौन शोषणलगायतका कृयाकलापमा संलग्न भएको आरोप लगाइएको थियो ।
कँडेलले पत्रकार सम्मेलन गरेर सबै कुरा जागिबाट निस्किनु परेपछि प्रतिशोधका रुपमा सार्वजनिक गरेको भन्दै प्रतिवाद गरेका थिए । श्रेष्ठलगायतले लगाएको सबै आरोप झुटो रहेको कँडेलको भनाई छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ३ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।