१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चार दलबीच नयाँ गठबन्धन बनाउने लिखित सहमति, राष्ट्रियसभाको अध्यक्ष माओवादीलाई



२१ फागुन । नवनिर्मित सत्ता गठबन्धनका चार दलबीच नयाँ गठबन्धन बनाएर जाने लिखित सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सोमबार नयाँ गठबन्धन बनाउने र मन्त्रिपरिषद् पुर्नगठन गर्ने लिखित सहमति गरेका हुन ।

सहमतिमा हालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै निरन्तरता दिने, मन्त्रालयको बाँडफाँट सहमतिका आधारमा गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अघि बढाउने, संघीयताको कार्यन्वयन गर्ने जस्ता विषय छन् । त्यस्तै रिक्त राष्ट्रियसभा अध्यक्ष माओवादीले र उपाध्यक्ष एमालेले लिने सहमति भएको छ ।

चार दलले साझा न्यूनतम कार्यक्रम तयार गर्ने र गठबन्धनमा आउन सकरात्मक दलसँग संवादअघि बढाउने समेत सहमति गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ३ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।