२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मोटरसाइकलसहित पुलमुनि एक पुरुषका शव फेला



राजविराज (सप्तरी)
२७ फागुन । कुनौली राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित पुलमुनि एक पुरुषको शव आज फेला परेको छ ।
जिल्लाको राजविराज नगरपालिका १६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पुलमुनि मधेस प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ । पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।