१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नख्खु करिडोर र ढोलाहिटी टाहाखेल सडक विस्तार : ललितपुरका नेताहरुकै आरोप प्रत्यारोप, काम ठप्प



ललितपुर
२९ फागुन । दक्षिण ललितपुरको लाइफलाइनको रुपमा रहेको ढोलाहिटी टाहाखेल सडक र नख्खु करिडोर विस्तारको सन्दर्भमा नेताहरु नै एक अर्काबीच आरोप प्रत्यारोपमा उत्रेका छन् ।
ललितपुरमा आयोजित एक सार्वजनिक कार्यक्रममा जनप्रतिनिधि सडक विस्तारको काम नभएको भन्दै असन्तुष्टि पोखे ।
ललितपुर ३ बाट वागमती प्रदेश सासंदमा प्रतिनिधित्व गर्ने सासंद रघुनाथ महर्जनले दक्षिण ललितपुरसँग जोड्ने वैकल्पिक सडक नख्खु करिडोर आफ्नो पहलमा सुरु भएको तर जनप्रतिनिधिहरुको असहयोगका कारण न्युन बजेट विनियोजन गरेर असफल बनाउने प्रयास भइरहेको बताए ।

नख्खु करिडोर सडक
ललितपुरको नख्खुबाट टिकाभैरव जोड्ने यो सडक २०६६ सालमा नल्लु टिकाभैरवको ढुंगा गिटी ओर्सान खोलिएको थियो । करिडोर विस्तार नहुँदा हरेक बर्षामा बाढीले बगाउने यो सडकमा सरकारले बर्षेनी करोडभन्दा धेरै बजेट हालेर पुनः बनाउने गरेको छ ।
ललितपुर १ बाट वागमती प्रदेश सासंद रहेका मीनकृष्ण महर्जनले भने नख्खु करिडोरको विषयमा कुनै टिप्पणी गरेनन् । उनले जनप्रतिनिधिहरुले ढोलाहिटी टाहाखेल सडकबाट कान्तिलोकपथ हटाएर नख्खु टिकाभैरव कायम गरेकाले सिंहदरवारबाट ५ करोड मुआव्जा रकम नआएको आरोप लगाए । अवौं रकम मुआव्जाका लागि आवश्यक भए पनि सरकारले ललितपुरको मुख्य सडक विस्तारमा बेवास्ता गरेको उनको आरोप थियो ।


जिल्ला समन्वय समितीका प्रमुख ऋषिराम फुँयालले ढोलाहिटी टाहाखेल सडक विस्तार नभएकोमा असन्तुष्टि व्यक्त गरे । प्रमुख ऋषिराम फुँयालले यो सडक विस्तारमा सबै जनप्रतिनिधि समन्वय गरेर काम गर्नुपर्ने बताए । उनले भने, ‘यो सडक विस्तार नभए गोदावरी नगरसँगै दक्षिण ललितपुरका तीव वटै गाँउपालिकाको भविश्य अध्यारो हुन्छ ।’
प्रमुख फुयाँलले नख्खु करिडोरको सन्दर्भमा केही बोलेनन् ।
नख्खुबाट नदिको दुबै किनारामा विस्तार सुरु भई ललितपुर महानगरको सुनाकोठी चुनिखेल सिमासम्म करिडोर विस्तार भए पनि पछिल्लो समय काम ठप्प छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ४ : ५७ बजे