११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भारतमा फिल्म रिलिज भएको दुई दिनसम्म समीक्षा नलेख्न अदालतको आदेश



१ चैत । भारतमा फिल्म समीक्षाको विषयमा केरलाको उच्च न्यायालयले एक फैसला सुनाउँदै नयाँ निर्देशिका जारी गरेको छ । केरल उच्च अदालतद्वारा नियुक्त एमिकस क्युरीका श्याम पेडमेनका तर्फबाट प्रस्तुत गरिएको रिपोर्टमा ती व्यक्तिविरुद्ध कडा कदम चालिएको छ, जो सामाजिक सञ्जालमा फिल्मलाई लिएर नकारात्मक समीक्षा गर्ने गरेका छन् । अदालतका अनुसार केही यस्ता व्यक्ति छन्, जो फिल्म रिलिज हुनासाथ सामाजिक सञ्जालमा समीक्षा गर्छन् ।

अदालतले एक तहका व्यक्तिहरु पैसा र पुरस्कारको लालचमा यस्ता काम गर्ने तथा पैसा र पुरस्कार नपाउनेले फिल्मको विरुद्ध खराब समीक्षा लेख्ने गरेको ठहर गरेको छ । यहीकारण नकारात्मक समीक्षाको मामला बढ्दै गएको र यसलाई रोकथाम गर्नका लागि अदालतले फिल्म रिलिजको ४८ घण्टासम्म समीक्षा नलेख्न आदेश दिएको छ । अदालतले यो मामलालाई लिएर एक पोर्टल गठन गर्न पनि सुझाव दिएको छ ।
एमिकस क्युरीले अदालतमा पेश गरेको दिशानिर्देश अनुसार सबै फिल्म समीक्षक र ब्लगरहरुलाई यो नियम पालन गर्न भनिएको छ ।

नकारात्मक समीक्षालाई लिएर २३ अक्टोबर, २०२३ मा फिल्म ‘राहेल माकन कोरा’ का निर्देशकले पुलिस स्टेसनमा उजुरी दर्ता गराएका थिए । उजुरीमा उनले आफ्नो फिल्मविरुद्ध सामाजिक सञ्जालमा नकारात्मकता फैलाइएको र आफूलाई जानीबुझी अपमान गर्ने प्रयास गरिएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १० : ०६ बजे