ललितखबर
१ चैत्र । राजधानीमा विहीबारबाट सातौं नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव(निफ)को शुभारम्भमा लाजमर्दो दृश्य देखियो । शुभारम्भ कार्यक्रममा विभिन्न देशका चलचित्रकर्मीहरुको सामु चलचित्रको विषयमा बहस भएन । कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारसँग चलचित्र क्षेत्रका लागि सरकारले केही नगरेको भन्दै आलोचना गरे भने जारी निफका लागि बजेट अभाव भएको भन्दै सबैजसो बक्ताले बजेट मागेर समय गुजारे ।
राजधानीमा सुरु भएको सातौं नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव(निफ)को शुभारम्भको अवसरमा बोल्ने बक्ताहरुले सरकारसँग बजेट कार्यक्रमका लागि बजेट व्यवस्था गर्न माग गरेका हुन् ।
बरिष्ठ कलाकार निर शाहले सातौं नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव(निफ)लाई आवश्यक बजेट छुट्याइदिनु पर्ने माग राखे ।
सातौ संस्करणसम्म निरन्तर सञ्चालन भएको महोत्सवको शुभारम्भ कार्यक्रममा उनले भने,‘कार्यक्रमका आयोजक केपि पाठकले सधै दातासँग माग्ने जसरी हात पसार्न जान नपरोस् । चलचित्र क्षेत्र प्रर्बद्धनका लागि सरकारले बजेट देओस् ।’
चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो संस्थाले थोरै बजेट दिएको जानकारी दिदै सरकारले चलचित्र प्रर्बद्धनका लागि सरकारी सहयोग आवश्यक पर्ने बताए । उनले कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्मासामु बार्षिक बजेटमै कार्यक्रम राखेर निफलाई प्रर्बद्धन गर्न आग्रह गरे ।
बोर्ड अध्यक्ष केसीले सरकारले चलचित्र क्षेत्रलाई बेवास्ता गरेको गुनासो गरेका थिए । उनले पर्याप्त बजेट व्यवस्थापन सञ्चारमन्त्री रेखा सर्मासमक्ष गुनासो गरे ।
सञ्चारमन्त्री रेखा शर्माले चलचित्र विकाश बोर्डमार्फत माग पेश गर्न चलचित्रकर्मीलाई आह्वान गरिन् ।
सञ्चारमन्त्री शर्माले मौलिक कथा प्रबद्र्धन गर्न स्टोरी बैंक अवधारणा अघि बढाइएको,ऐतिहासिक चलचित्र र बृत्तचित्र निर्माणलाई प्रोत्साहन गरेको, काभ्रेको चलचित्र छायाँकन स्टुडियो र दोलखामा चलचित्र नगरि आयोजना प्राथमिकताका साथ अघि बढाएको, महिला चलचित्रकर्मीलाई पुरस्कृत गरिएको लगायतको काम गरेको उनको भनाई छ ।
मन्त्री शर्माले समयानुकुल ऐन निर्माण सुरु गरिएको भनाई राखिन् ।
आयोजक संस्था चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपीले सञ्चारमन्त्रीको सहयोगको प्रतिबद्धताप्रति आभार व्यक्त गरे ।
भारत, चीन,दक्षिण कोरियालयागतका करिव ५० जना चलचित्रकर्मीको सहभागिता रहेको कार्यक्रममा विश्वमानचित्रमा नेपाली चलचित्रको स्थान र अवका चुनौती र अवसरको विषयमा छलफल नै हुन सकेन । कार्यक्रम सरसरसँग बजेट मागेरै समय सकयो । विदेशी चलचित्रकर्मीहरुले सबै दृश्य हेरेर फर्किए ।
विहीबारबाट सुरु भएको महोत्सव आगामी सोमबारसम्म चल्लनेछ । कार्यक्रममा ४० देशका ८८ वटा चलचित्र र बृत्तचित्र देखाइनेछ भने विभिन्न अन्र्तक्रिया हुनेछन् ।
२ चैत्र २०८०, शुक्रबार
38
Shares
प्रतिक्रिया